आइएमइ पे एपबाट नेपालका सबै क्यु आर स्क्यान गर्न मिल्ने भएको छ।
फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमइ पे क्यु आर सेवाग्राहीहरुले आइएमइ पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका हुन्।
सबै क्यु आर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमइ पे एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो।
नेपालमा क्यु आर स्क्यान गरी भुक्तानी गर्ने कारोबार बढ्दै गएको छ। यो सेवाले डिजिटल नेपाल अभियानलाई थप मद्दत पुग्ने कम्पनीको विश्वास छ।