नेपालमा बनेको पहिलो स्यानिटरी प्याड ब्रान्ड सेफ्टीले महिनावारी कप र ट्याम्पन्स ल्याएको छ।
सेफ्टीले ‘रेगुलर’ देखि अत्यन्त पातलो ‘अल्ट्रा’ प्याडहरु उत्पादन गर्दै आएको छ। थपिएका दुई उत्पादनले महिलालाई महिनावारी हुँदा सहज हुने कम्पनीको विश्वास छ।
महिनावारी कप प्रत्येक ४ देखि ८ घण्टाको बीचमा खालि गरी सफा गरेर लगाउन सकिन्छ।
ट्याम्पन्स र महिनावारी कप यात्रा गर्दा, व्यायाम गर्दा वा पौडी खेल्दा पनि प्रयोग गर्न सकिन्छ।
दुवै वस्तु सुरक्षित, सजिलो, वातावरण मैत्री, रसायन मुक्त र बजेटमैत्रीको विकल्प रहेको कम्पनीको भनाइ छ।