यती एयरलाइन्सले काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुनु पहिले नै काठमाडौं बाहिर जाने यात्रुहरुका लागि भन्दै दैनिक उडान थप गर्ने भएको छ।
एयरलाइन्सले अहिले भइरहेका नियमित उडानमा यात्रुको मागका आधारमा उडान थप गरेको हो।
पाँचवटा एटिआर-७२ र पाँचवटा जेटस्ट्रिम जहाजबाट उडान गर्दै आएको एयरलाइन्सले निषेधाज्ञापछि यात्रा कठिन हुने भएकाले अहिले यात्रुलाई सजिलो होस भनेर उडान गरेको जानकारी दिएको छ।
यतीले काठमाडौंबाट धनगढी,नेपालगञ्ज,भैरहवा,पोखरा,विराटनगर,जनकपुर,भद्रपुरमा उडान गर्दै आएको छ।