इकमर्स कम्पनी ग्यापु मार्केटप्लेसले निषेधाज्ञाको समयमा तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको निःशुल्क होम डेलिभरी सुरु गरेको छ।
यो महामारीको समयमा उपभोक्तालाई भिडभाडमा जान नपर्ने वातावरण सिर्जना गर्न अत्यावश्यक वस्तुको होम डेलिभरी सुरु गरिएको हो।
ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर छिटो, सस्तो र भरपर्दो सेवा दिन लागिपरेको बताए।
काठमाडौं उपत्यकामा २४ घण्टा भित्र निःशुल्क होम डेलिभरी गरिने खड्काको भनाइ छ।
ग्यापु गत कोरोना वर्ष कोरोना लहरमै सुरू भएको हो।
ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट मार्फत अर्डर गर्न सकिन्छ।
ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस र इसेवा मार्फत भुक्तानी गर्न सक्छन्।
साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न।