काठमाडौं उपत्यकामा आजदेखि सुरु भएको निषेधाज्ञाकै बीचमा जारी रहेको हवाइ यातायातबाट ८ हजार २ सय ६९ जनाले यात्रा गरेका छन्।
काठमाडौं विमानस्थलले दिएको विवरणअनुसार देशका विभिन्न विमानस्थलबाट २ हजार ८१६ जना काठमाडौं भित्रिएका छन् भने ५ हजार ४५३ जना बाहिरिएका छन्।
निषेधाज्ञा सुरु भएपनि काठमाडौं छाड्नेहरुलेको संख्या अझै धेरै रहेको छ। बुधबार भने कूल १५ हजार यात्रुले यात्रा गरेका थिए जसमा आउने र जानेको संख्यामा धेरै फरक थिएन।
आज कूल २०८ उडान तथा अवतरण भएका छन्। सबैभन्दा धेरै उडान बुद्ध एयरले ९६ वटा गरेको छ। सबैभन्दा न्यून नेपाल एयरलाइन्स र समिट एयरका चार उडानमात्र भएका छन्।
हवाई यात्रुलाई प्रिपेड ट्याक्सी सुविधा
निषेधाज्ञाको अवधिमा जहाजबाट यात्रा गर्ने यात्रुहरुले विमानस्थल आउजाउ गर्नका लागि प्रिपेड ट्याक्सी सेवा पाउने भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै निषेधाज्ञा आदेशअनुसार नै वैध टिकट,भिसा,पासपोर्ट भएका यात्रुले यस्तो सेवा पाउने छन्।
विमानस्थल कार्यालयबाट अनुमति पाएका हरियो नम्बर प्लेट भएका यस्ता ट्याक्सीको सेवा लिनका लागि यात्रुले कि विमानस्थलको पार्किङमा जानुपर्ने छ कि फोन गरेर आफूलाई पायक पर्ने ठाउँमा बोलाउन सकिने छ।
फोन गरेर बोलाउनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि फरक फरक फोन नम्बरमा फोन गर्नुपर्ने छ।
आन्तरिक हवाई यात्रुले ट्याक्सी बोलाउनका लागि: ९८४१०७०६२३/९८४१२८१२७०
अन्तर्राष्ट्रिय तर्फका हवाई यात्रुले ट्याक्सी बोलाउनका लागि:
९८०३०५३३५१/९८०३१४६१२२/९८६००१५५१३
अफिस सम्पर्कका लागि: ०१४४९९१५९/०१४४७४०१४