हिमालयन डिस्टिलरीको नाफा ५३. ८९ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६७ करोड २७ लाख पुग्न गएको छ।
गत वर्षको यसै अवधिमा खुद नाफा रकम ४३ करोड ७१ लाख थियो। गत वर्षको चैत मसान्तसम्ममा कुल विक्री रकम ३ अर्ब ५७ करोड भएकोमा यस वर्षको त्यसै अवधिसम्ममा ३ अर्ब ८९ करोड पुगेको छ। अर्थात गत वर्षको भन्दा ९ प्रतिशतले विक्री रकम वढ्न गएको छ।
त्यसैगरी गत आर्थिक वर्षसम्मको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर वितरण गरी पुँजी वृद्धि गरिए पनि गत वर्षको यसै अवधिको वित्तीय अनुपातहरुसँग तुलना गर्दा यस वर्ष प्रति शेयर आम्दानी १००.७६ बाट बढेर १०३.३८ पुगेको छ। त्यस्तै तरलता अनुपात १.९६ बाट २.७४ भएको छ।
कारोवार वृद्धि हुनुमा उत्पादनहरुको गुणस्तर, उत्पाकत्व वृद्धि, थप वजारीकरण, उत्पादित व्राण्डको प्रतिष्ठाप्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशिलता रहेको कम्पनीले जनाएको छ।