नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर सेवाप्रदायकहरुलाई कोरोना संक्रमित बिरामी बोक्दा धेरै भाडा नलिन निर्देशन दिएको छ।
प्राधिकरणले तोकेको भाडादरमा कोरोना संक्रमित बिरामी बोक्दा व्यवस्थापन शुल्कको नाममा अतिरिक्त भाडा लिइरहेको पाइएको भन्दै प्राधिकरणले जानकारी दिएको छ। यसरी लिने गरिएको शुल्क घटाउन प्राधिधकरणले जानकारी दिएको छ।
प्राधिकरणले हेलिकप्टरको भाडा प्रतिघण्टा हजार डलर र एक हजार पाँच सय डलर भाडा निर्धारण गरेको छ। हेलिकप्टर सेवाप्रदायकहरुले कोरोना संक्रमित बिरामी बोक्दा यस्ता उडानमा १ लाख ५० हजार थप खर्च लाग्ने बताउँदै आएका छन्।
प्राधिकरणले तोकिएको भाडाभन्दा धेरै नलिनका लागि उडानमा बिचौलियाको प्रवेश हुन नदिन पनि कम्पनीहरुलाई निर्देशन दिएको छ।
कम्पनीहरुलाई हेलिकप्टर चाहिने बिरामीलाई सहज पहुँच दिन निर्देशन दिएको छ।
प्राधिकरणको निर्देशनपछि नेपाल वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै हेलिकप्टर कम्पनीका अधिकारी व्यक्तीको फोन नम्बर सार्वजनिक गरेको छ।
कुन हेलिकप्टरमा कसलाई सम्पर्क गर्ने?
१ अल्टिच्युड एयर: ९८०१२४९९१७/९८०१२९९०७/०१४४८९३००
२ हेली एभरेष्ट: ९८४१५५७५०९/९८१३२४०१३९/०१४११३०६६
३ कैलाश हेलिकप्टर: ९८५१०३००१३/९८५११२९२५४/०१५९००५०१
४ मनाङ्ग एयर: ९८०११८०४६२/९८०११८०४६३/०१४४८८०१६
५ श्री एयरलाइन्स: ९८५१०२६१९७/९८०२३०००२३/९८५१०१२५०५
६ सिम्रिक एयर: ९८५१०१०६९६/९८५१०१०६९८/०१४१५५३४०