नेपाली ई–कमर्स ग्यापु मार्केप्लेसको मोबाइल एप एक लाख बढी डाउनलोड भएको छ।
गत वर्ष कोभिड–१९ को सुरूआतमा सुरू भएको यो एकवर्षको अवधिमा आइपुग्दा एक लाख बढी डाउनलोड हुन सफल भएको हो।
पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गरेर तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको निस्शुल्क होम डेलिभरी गर्दै ग्यापु मार्केटप्लेस सुरू भएको थियो।
‘लकडाउनमा सुरु भएको यात्रा पक्कै पनि सहज थिएन,’ ग्यापुका संस्थापक सिइओ ज्ञानेन्द्र खड्का भन्छन् , ‘सजिलो नभए पनि उपभोक्तालाई सुविधा दिने हाम्रो प्रणमा हामी रोकिएनौं र निरन्तर अगाडी बढ्यौं।’
ई–कमर्समा अभ्यस्त नभैसकेको नेपाली बजारमा हामीले उपभोक्ताको अथाह माया पायौं जसका कारण प्ले स्टोरमा ग्यापु मार्केटप्लेसको एप एक लाख डाउनलोड पुगेको उनको भनाइ छ।
अहिले निषेधाज्ञामा ग्यापुले विभिनन ठाउँमा निशुल्क डेलिभरी गर्दै आएको छ।
ग्यापुको सफलताको श्रेय ग्राहक, भेन्डर र दिन रात नभनी कोभिड कहरको समयमा निरन्तर खट्ने कर्मचारीमा जाने उनी बताउँछन्।