ट्राभल व्यवसायीहरुले नेपालमा रहेका विदेशी पर्यटकलाई जाने सहज व्यवस्था गर्न सरकारसमक्ष माग गरेका छन्। अघिल्लो लकडाउनको जस्तो चार्टर्ड उडानको नाममा यात्रुबाट चर्को भाडा असुल गर्ने तथा सिमित व्यवसायी पोस्ने विकृत दोहोरिनेतर्फ व्यवसायीले सचेत गराएका छन्।
नेपमाल रहेका विदेशी पर्यटको विवरण संकलन गरेर आवश्यकताको आधारमा सिमित गन्तव्यमा सिमित उडान खोल्न नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स(नाट्टा)ले माग गरेको छ।
चार्टर्डका नाममा अहिले पनि अधिक भाडा असुली सुरु भएको भन्दै उनीहरुले कम्तिमा पनि नेपाल एयरलाइन्सले उडान गर्ने ठाउँमा अनुमति दिनुपर्ने माग गरेका छन।