अबदेखि नेपाली नागरिकहरु पनि चार्टर्ड उडानबाट विदेश जान पाउने भएका छन्।
वैशाख २३ गतेदेखि भारत बाहेका देशमा नियमित उडान बन्द भएसँगै नेपालीका लागि विदेश जान बन्द गरिएको थियो।
नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमा रहेका विदेशीलाई फिर्ता लिनका लागिमात्र चार्टर्ड उडान अनुमति दिंदै आइएको थियो। अब भने सरकारले नेपालीलाई पनि विदेश लिने उडानलाई चार्टर्ड अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ।
नेपालीलाई पनि चार्टर्ड उडानबाट विदेश जान दिने र त्यस्ता उडानलाई अनुमति दिने सरकारी निर्णय आएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकरी दिए।
सरकारले चीनको ग्वाङजाउ र कतारको दोहामा हप्तामा एउटा नियमित उडान अनुमति दिने पनि निर्णय गरेको छ। तर त्यस्तो उडान यात्रु बोक्नका लागि नभइ मेडिकल सामग्री आपूर्तिका लागि मात्र हुनुपर्ने छ।