रुपन्देहीका उद्योगी सतीशचन्द्र कसौधनको निधन भएको छ।
नेपालको पहिलो सावुन उद्योग शिवशक्ती सोप इन्डस्ट्रिज र पहिलो केमिकल उद्योग महाकाली ओलियोका संचालक समेत रहेका कसौधनको काठमाडौंको सशस्त्र प्रहरी अस्पतालमा निधन भएको हो। कोभिड संक्रमणका कारण गम्भीर भएपछि उनको काठमाडौंमा उपचार भइरहेको थियो।
कसौधनको दुईहप्ता बढी भेण्टिलेटरमा राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्था सुधारिएपछि केही दिन अघि मात्रै भेण्टिलेटरबाट निकालिएको थियो।
कसौधनको कोरोना नेगेटिभ आइसकेपछि सोमबार दिउसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
रुपन्देही उद्योग संघका पुर्वअध्यक्ष समेत रहेका कसौधनका एक श्रीमती २ छोरा छन्। कशौधन रुपन्देही उद्योग संघ परिषद्का अध्यक्ष थिए।