सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति प्रतिक्रिया जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ।
अध्यादेशबाट ल्याइएको बजेटले महामारी नियन्त्रणसँगै आर्थिक पुनरुत्थानका लागि पर्याप्त बजेट विनियोजन गरिएको भन्दै महासंघले स्वागत गरेको छ।
महामारी नियन्त्रणका लागि सरकारले खोप तथा उपचारका लागि पर्याप्त बजेट विनियोजन गरेको र यसले गर्दा आर्थिक सामाजिक जीवन सामन्य हुँदै जाने महासंघको विश्वास छ।
सरकारले कोरोना प्रभावित उद्योग व्यवसायका लागि राहत तथा उद्धारको प्याकेज ल्याएकाले अर्थतन्त्रलाई राहत पुग्ने महासंघले जनाएको छ।
सम्पत्तिको अभिलेखीकरणको माग अझै यथावत रहेको बताउँदै महासंघले बजेटको कार्यान्वयन हुनुपर्ने माग गरेको छ।