विशेष आर्थिक क्षेत्रमा उद्योगहरुको आकर्षण नदेखिएपछि सरकारले थप सरलीकरण गर्ने भएको छ।
भैरहवामा सञ्चालित क्षेत्रमा उद्योगको आकर्षण नदेखिएपछि सरकारले आगामी वर्षको बजेटबाट आकर्षण गर्ने घोषणा गरेको हो।
बजेट मार्फत् सरकारले बाहिर स्थपना भएर सञ्चालनमा रहेका उद्योगलाई सेजभित्र स्थानान्तरण गर्न दिइने घोषणा गरेको छ।
यसअघि सेजमा स्थापना हुने उद्योगले नयाँ उद्योग राख्नुपर्ने व्यवस्था थियो। अन्यत्र सञ्चालनमा रहेका उद्योगलाई भित्र जान नदिने व्यवस्था भएकै कारण भैरहवामा जाने तयारीमा रहेका कतिपय उद्योग रोकिएका थिए।
सेजमा स्थापना भएर सञ्चालनमा आएको तीन वर्षसम्म ४० प्रतिशत उत्पादन आन्तरिक बजारमा बिक्री गर्न पाउने छन्।