ज्यास्मिन हाइजीनले सेफ्टी इनसिनेटर मेसिन ल्याएको छ। जसले एक दिनमा एक सय प्याड डिस्पोज गर्न सक्छ।
यो मेशीन विद्युतबाट संचालित हुन्छ। जुन प्रयोगकर्तामैत्री छ। प्रयोगमा नआएको बेला मेसिन स्वचालित रूपमा बन्द हुन्छ।
यसमा खरानी सफा गर्ने ट्रे समेत समाबेश छ। जसले ब्याक्टेरिया र गन्ध समेत हटाउँछ। यसबाट आउने खरानी मलको रूपमा प्रयोग गर्न सकिन्छ। यो पानीमा सजिलैसँग घुल्ने गर्छ।
ज्यास्मिन हाइजीनका प्रबन्ध निर्देशक पुनित सारदाले नेपालमा सेनेटरी प्याडको प्रयोग बढ्दै गएको र त्यसको उचित व्यवस्थापन गर्न उक्त मेसिन ल्याएको बताए। जसले सेनेटरी फोहोरलाई जलाउँछ र वातावरणीय फोहोरलाई न्यूनतम पार्छ।
विद्यालय, सरकारी तथा कर्पोरेट कार्यालयहरू, शपिंग मल र सार्वजनिक शौचालयमा समेत मेसिनलाई सजिलै राख्न सकिने उनले जानकारी दिए।
ज्यास्मिन हाइजीनले हालसालै सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेसिन पनि ल्याएको थियो। जसमार्फत् कार्ड वा सिक्का हालेर सेनेटरी प्याड मेसिनबाट पाउन सकिन्छ।
ज्यास्मिन हाइजिनले सेनेटरी प्याड नेपालमै उत्पादन गर्दछ। कम्पनीले १५ बर्षदेखि सेनिटरि प्याड, कुडलर, सेल्ड मास्क यसको प्रतिष्ठित उत्पादन गरिरहेको छ।