हुवासिन नारायणी सिमेन्टले वागमती सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
कोरोना महामारी रोकथाम तथा उपचारका सहयोग हुने सामग्रीहरु प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले वागमती सरकारको सामाजिक विकास मन्त्रालयलाई ८ थान अक्सिजन कन्सेन्ट्रेटर र ५ सय एन्टिजेन टेस्ट किट सहयोग गरेको छ।
त्यस्तै कम्पनीले धादिङका गजुरी,वेनिघाट र सिद्धलेख गाउँपालिकालाई अक्सिजन सिलिन्डर पनि सहयोग स्वरुप उपलब्ध गराएको छ।