बुद्ध एयरले तुम्लिङटार विमानस्थलमा एटिआर-७२ जहाजबाट परीक्षण उडान सम्पन्न गरेको छ। ७२ सिट क्षमताको जहाजको सफल परीक्षण उडान गरिकएको बुद्धले जानकारी दिएको छ।
एटीआर–७२ जहाजबाट काठमाडौं–तुम्लिङटारको शुक्रबार परीक्षण उडान गरेको हो। क्याप्टेन रञ्जनकुमार शर्माले उडाएको परीक्षण उडानमा तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी भोलाप्रसाद गुरागाई, डेपुटी डाइरेक्टर जनरल, क्याप्टेन दधिराम निरौला, इन्सपेक्टर, फ्लाइट अपरेशनलगायत बुद्ध एयरका अपरेशन तथा टेक्निकल टिमका अधिकारीहरु सामेल थिए ।
धेरै सिट क्षमताको जहाजबाट व्यावसायिक उडान भएपछि तुम्लिङटारको हवाइ भाडा सस्तो हुनेछ।
अहिले बुद्ध एयरसँग १० वटा एटीआर–७२ जहाज छन्।