कोका–कोलाले नेपालमा प्लाष्टिक रिसाइक्लिङ गर्ने प्रतिवद्धता गरेको छ। कोकाकोलाले सनिबार विश्व वातावरण दिवस मनाउँदै यस्तो प्रतिवद्धता व्यक्त गरेको हो।
यससँगै हिमाल सफाई कायक्रमको दोस्रो संस्करण ‘सफा हिमाल अभियान २०२१’ को समापन घोषणा गरिएको छ।
२७,६७१ किलोग्राम फोहोर ४ वटा मृत शरिर र एउटा मानवअवशेष सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र अमादब्लम जस्ता ६ वटा हिमालहरुबाट संकलन गरिएको छ। थप सेग्रिगेशन र रिसाइक्लिंगको लागि अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको छ।
नेपाली सेनाको नेतृत्वमा कोका–कोला र अन्य बहु–सरोकारवालाहरुको सहयोगमा उत्त अभियान भइरहेको छ। यसको उद्देश्य हिमालको संरक्षण गर्नु र देशको ६ वटा उच्च चुचुरा सफा गरेर जलवायु परिवर्तनको प्रभावलाई कम गर्नु हो।
कोका–कोलाले २०१९ देखि हिमालय सफाई अभियानलाई सहयोग गर्दै आएको छ। वल्ड विथआउट वेस्ट कायक्रम सन् २०१८ मा लन्च गरिएको थियो।