कतार एयरवेजले आउँदो १ जुलाइदेखि दैनिक उडान सहित युएइ शारजाहको उडान सेवा फेरि सुुरु गर्ने भएको छ।
शारजाहको उडान सेवा एयरलाइन्सको अत्याधुनिक बोइङ ७८७ ड्रिमलाइनरबाट सञ्चालन हुनेछ। जसको फस्ट क्लासमा २२ सीट र इकोनोमीक्लासमा२३२ सीटहरू छन्।
यो सेवाले एसिया, अफ्रिका, अष्ट्रेलिया र अमेरिकासम्म फैलिएको एयरलाइन्सको अन्तर्राष्ट्रिय नेटवर्कमार्फत शारजाहसम्म वा शारजाहबाट उडान गर्ने यात्रुहरूलाई थप सजिलो हुने विश्वास लिइएको छ।
हाल यस नेट्वर्कमा १३० भन्दा बढी गन्तव्यहरू रहेका छन्। जुलाइको अन्तसम्म साप्ताहिक १२०० उडान सहित गन्तव्य संख्या १४० भन्दा बढी वृद्धि गर्ने कम्पनीको योजना छ। अन्य शहरहरूका लागि विशेषगरी युएइमा दुबईबाट यात्रुहरूका लागि शारजाह एक वैकल्पिक प्रवेशद्वार हुने बताइएको छ।
कतार एयरवेजको फ्लाइट त्तच्ज्ञघण्ट, हमाद अन्तर्राष्ट्रिय एयरपोर्टबाट १४ः३५मा प्रस्थान गरेर १६ः४५ मा शारजाह पुुग्नेछ। त्यसैगरी, कतार एयरवेजको दैनिक उडान त्तच्ज्ञघण्ठशारजाहबाट १७ः५५मा प्रस्थान गरेर १८ः०५ मा दोहा पुग्नेछ।