सिजी ब्रान्डले बजारमा घरायसी सामाग्री डिसवासर ल्याएको छ। नेपाली उपभोक्ताहरुलाई मध्यनजर गरि सहुलियत मूल्यमा यो डिसवासर कम्पनीले बताएको छ।
यी डिसवासरहरु १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाइनेछ। आफ्नो आवश्यकताअनुसार यसलाई खरिद गर्न सकिन्छ।
यसमा डिस्प्ले स्क्रिन तथा टच बटनहरु भएकाले प्रयोग गर्न एकदमै सजिलो छ। साथै विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन्।
जसलाई आवश्यकताअनुसार प्रयोग गरेर भाँडाहरुलाई सफा गर्न सकिने कम्पनीले बताएको छ।
यी दुवै मोडलमा स्टिम वास, अटो डोर टेक्नोलोजी, वि.एल.डि.सि. टेक्नोलोजी, जेट वास, डिउल प्रो वास र हाफलोड अप्सन रहेका छन्।
स्टिम वासको सहायताले कट–कटिएका भाँडाहरु सजिलै बाफ उत्पन्न गरेर हाईजिनिक राखेर सफा गर्न सकिन्छ। त्यस्तै अर्को अटो डोर टेक्नोलोजि रहेको छ। यसबाट धुईसकेको भाँडा सुक्छन्।
भाँडा धुईसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्र रहेका बाफहरुलाई बाहिर निकालेर बाहिरको हावाभित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ।
वि.एल.डि.सि. टेक्नोलोजि वा हाईड्रोपावर पनि यसको विशेषता रहेको छ। जसको मद्दतले घरको पानी, मोटरको इनर्जी र समयको बचत गर्ने कम्पनीको भनाइ छ।
डिउल प्रो वासको मद्दतले तपाईको भाँडालाई दुई वटा छुटा छुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्णरुपमा सफागर्दछ । त्यस्तै अर्को जेट वास विशेषता रहेको छ। यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ।
अब डिस वासर किन्दा १५ प्लेस सेटिङमा ३ वर्षको वारेण्टी मोटरमा र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टी पाउन सकिने कम्पनीले जानकारी दिएको छ।