शंकर ग्यास उद्योगले १ अर्ब लगानीमा अक्सिजन ग्यास प्लान्ट स्थाना गर्ने भएको छ।
उद्योगले रुपन्देहीको रोहिणी गाउँपालिकामा उक्त प्लान्ट एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिलान्यास गरेको यो उद्योगबाट दैनिक ६० टन लिक्विड अक्सिजन र एक टन नाईट्रोजन ग्यास उत्पादन हुने उद्योगले जानकारी दिएको छ।
२०५६ सालमा पूर्वी नवलपरासीको देवचुलीमा एक सय क्युबिक मिटर प्रतिघण्टा अक्सिजन उत्पादन क्षमताको प्लान्ट जडान गरेर सुरु भएको शंकर ग्यास उद्योगले हाल काठमाडौं, रुपन्देहीमा पनि प्लान्ट सञ्चालन गरिरहेको छ।
शंकरको नवलपरासी बाहेक काठमाडौंमा ४३० क्युबिकमिटर प्रतिघण्टा क्षमताको प्लान्ट छ भने रुपन्देहीमा २५० क्यबिकमिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा छ।