आन्तरिक राजस्व विभागले असार २५ गतेभित्र कर बुझाउन व्यवासायीहरुलाई निर्देशन दिएको छ।
आयकर,अन्त:शुल्क,मूल्यअभिबृद्धि कर तथा अन्य कर असार २५ गतेभित्रको समयसीमा दिइएको छ।
निषेधाज्ञाका कारण यसअघि बुझाउनुपर्ने कर विवरण तथा विवरणअनुसारको कर असार २५ गतेभित्र बुझाए हुने छ। निषेधाज्ञाका कारणले छुटेको विवरण र करमा असार २५ गतेसम्म कुनै पनि जरिबाना तथा शुल्क भने लाग्ने छैन।
२०७७ को चैत र २०७८ वैशाख महिनाको कर विवरण तथा विवरणअनुसारको कर तोकिएको मितिभित्र बुझाउनुपर्ने छ।
यसअघि निषेधाज्ञा सुरु भएपछि जेठमा अदालतले निषेधाज्ञाको समयमा कर नउठाउन अन्तरिम आदेश दिएको थियो। तर अहिले आएर अदालतले उक्त अन्तरिम आदेश खारेज गरिदिएपछि विभागले सूचना जारी गर्दै असार २५ गतेको समयसीमा दिएको हो।
असार २५ गतेभित्र नुबझाएमा जरिबाना तथा शुल्क लाग्ने छ।