नेपाल सरकारले अरुण कुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीको अवैतनिक महावाणिज्यदूत पदमा पदोन्नती गरेको छ।
उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा पदोन्नती गरिएको हो।
यसअघि उनी अगष्ट २५, २०१४ देखि हंगेरीको अवैतनिक वाणिज्यदूत नियुक्त भई कार्यरत थिए।
उनलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गा बहादुर सुवेदीले सोमबार ओहदाको प्रमाण पत्र हस्तान्तरण गरे। डा. सुवेदीले उनलाई बधाई दिएर सफल कार्यकालको कामना गरे।
अरुण कुमार चौधरी नेपालको व्यवसायिक घराना सिजी होल्डिंग्स्का अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन्।
कार्यक्रममा उनले आगामी दिनमा नेपाल–हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे।