चितवनको सौराहमा अवस्थित जंगल सफारी लजले पे नाउ गो लेटर अफर ल्याएको छ।
निषेधाज्ञाकै बीचमा अहिले बुकिङ गरेर होटल खुलेपछि गएर बस्नेहरुका लागि यो अफर ल्याइएको हो।
यही असार महिनाभित्र लिन सकिने यो अफर अन्तर्गत चार हजार रुपैयाँमा तीन रातका लागि एउटा डिलक्स रुम पाइने छ। दुईजना वयस्क र एक बालबालिका बस्न मिल्ने रुम पाइने होटलले जानकारी दिएको छ।
असारभित्र प्याकेज लिएपछि २०७८ को चैत २८ गतेभित्र उपयोग गरिसक्नुपर्ने छ। अनलाइन माध्यमबाट प्याकेजको भुक्तानी गर्न सकिने होटलले जानकारी दिएको छ।
प्याकेजका लागि रकम भुक्तानी गरेको एक महिनापछिमात्र होटलमा जान सकिने छ।
यो प्याकेजमा कोठा बाहेक अरु कुनै पनि सुविधा पाइने छैन। ब्रेकफास्ट तथा डिनर भने अथिति आफैले किन्नुपर्ने छ।