अनलाइन भुक्तानी गरेपछि १५ प्रतिशतसम्म छुट पाइने दराज डटकमको बैंक डेट अफरमा थप तीन बैंक थपिएका छन्।
हिमालयन,माछापुच्छ्रे र मेगा बैंक थपिएको दराजले जानकारी दिएको छ।
योसँगै यो अफरमा कूल १७ बैंक भएका छन्।
ग्राहकहरुले कार्ड प्रीपेमेन्ट गरेमा १५ प्रतिशत वा ५०० सम्मको छुट पाउन सक्नेछन् । चार अन्य साझेदार बैंकहरू- सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल बैंक, र स्टाण्डर्ड चार्टर्ड बैंकसँग मिलेर फेरि अफर अघि बढाउने दराजले जानकारी दिएको छ।
माछापुच्छ्रे बैंकको डेबिटकार्ड भुक्तानीमा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड भुक्तानीम १५ प्रतिशत वा ५०० सम्मको छुट पाइने छ।
मेगा बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत वा ५०० सम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५ वा ५०० सम्मको छुट पाइने कम्पनीले जानकारी दिएको छ।
हिमालयन बैंकको प्रीपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत वा ५०० सम्मको छुट मिल्ने छ।
त्यस्तै बारअनुसार पनि बैंकको कार्डबाट भुक्तानी गर्न छुट सुविधा पाउने छन्। सोमबार सानीमा बैंक र बुधबार एनआइसी एसिया बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ वा ५०० रुपैयाँसम्को छुट / डेबिड कार्ड भुक्तानमा १०प्रतिशत ५०० रुपैयाँसम्मको छुट पाइने छ।
त्यस्तै शुक्रवार नबिल बैंक र शनिबार स्टाण्डर्ड चार्टर्ड बैंक मार्फत् भुक्तानी गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट ग्राहकले पाउषने छन्।