कोरोना महामारीका कारण वैशाख २३ गतेदेखि बन्द भएको अन्तर्राष्ट्रिय उडान सिमित संख्यामा खुल्ने भएको छ।
सरकारले अधिकांस देशका निश्चित गन्तव्यमा उडान खोल्ने निर्णय गरेको छ।
टर्की, कतार र भारतमा सिमित उडान हुँदै आएकोमा अबदेखि साउदी अरेविया, युएई, मलेसिया, जापान, चीन र दक्षिण कोरियामा पनि उडान हुने भएको छ।
कतारमा हप्तामा चार, टर्की दुई, दुबई चार, साउदीको दमाममा दुई,ओमनमा एक, मलेसियामा चार, जापानमा एक, दक्षिण कोरियामा एक र चीनमा चार उडान हुने छन्। चीनमा छेन्दु र ग्वाङजाउमा उडान हुनेछ।
नेपालबाट नियमित उडान हुने अधिकांस गन्तव्यमा नियमित उडान खुल्ने भएको छ। यसअघि नियमित उडान हुने सिंगापुर र बांगलादेश बाहेक अरु सबै देशमा उडान खुला गर्ने सरकारले निर्णय गरेको हो।