कोरोना महामारीका कारण बन्द भएको नियमित आन्तरिक उडान खुल्ने भएको छ।
सरकारले सामन्य अवस्थामा हुने उडानको पचास प्रतिशतमात्र उडान संख्या कायम गर्दै उडान सुरु गर्ने निर्णय गरेको छ।
जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुनेगरी उडान सञ्चालन हुनुपर्ने सरकारले बताएको छ। उडान सञ्चालनको मिति तथा मापदण्डका बारेमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्ने निर्णयमा उल्लेख गरिएको छ।
नागरिक उड्डयन प्राधिकरणले भने मन्त्रिपरिषदको निर्णयअनुसार छलफल गरेर उडान सुरु हुने मिति तय हुने जानकारी दिएको छ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उडान सञ्चालनका मापदण्ड, उडानको संख्या तथा मितिका बारेमा भोलि छलफल गरिने जानकारी दिए।