असार १७ गतेदेखि खुल्ने आन्तरिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सहरुलाई उडान अनुमति दिएको छ।
प्राधिकरणले एयरलाइन्सहरुको उडान तथालिका स्वीकृत गरेको हो। प्राधिकरणका अनुसार काठमाडौं विमानस्थलबाट दिनमा ६४ उडान तथा अवतरण हुने छन्।
कोरोना भाइरस संक्रमण जोखिमका कारण वैशाखमा बन्द भएको उडान फेरि सुरु हुँदा स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न सिमित उडान तालिका स्वीकृत गरिएको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार बुद्ध एयरले दिनमा ३१,यतीले १५,श्री एयरलाइन्सले ७ र सौर्य एयरलाइन्सले ३ उडान गर्ने छन्।
त्यस्तै नेपाल एयरलाइन्स, समिट एयर,तारा एयर र सीता एयरले दिनमा दुई उडान गर्ने अनुमति पाएका छन्।