अनलाइन सपिङ बजार दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग साझेदारी गरेको छ।
‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरिएको हो।
बुधबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सपोर्ट फर अल कमिसनद्वारा ‘आयोजित ओलम्पिक डे २०२१’ समारोहमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
दराज अलिबाबा समूहको एक हिस्सा हो। अलिबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को विश्वव्यापी पार्टनर हो।