निषेधाज्ञा खुकुलो हुन थालेपछि कोका–कोलाले किराना लगायतलाई सेवामा सहजीकरण गर्ने भएको छ। अब खुद्रा विक्रेताहरुले ह्वाट्स एपमार्फत वितरकहरुसँग सिधैँ अर्डर लिन सक्नेछन्।
यो अवधारणाले भौतिक उपस्थिति भइराख्नुपर्ने बाध्यतालाई हटाई कोभिड जोखिमबाट बचाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।
विस्तारै अरु सञ्चारमाध्यमहरु फेसबुक, मेसेन्जर र भाइबरमामार्फत् पनि सेवा दिइने कम्पनीले जनाएको छ।
यो पहलले खुद्रा व्यापारीहरुलाई पहिलेकै अवस्थामा पुर्याउन सहयोग गर्ने कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्तीले बताए।
‘यसले ग्राहकहरुलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहन गर्नेछ,’ उनले भने।
त्यस्तै कम्पनीले काठमाडौंका खुद्रा पसलहरुलाई पिपिई किट वितरण गर्ने जनाएको छ। एक हजारभन्दा बढी स्टोरहरुमा काउन्टर सिल्डको स्थापना गर्ने कम्पनीले जनाएको छ।