आन्तरिक उडान गर्ने एयरलाइन्सहरुले उडान संख्या बढाउन माग गरेका छन्।
सस्तो र सहज हवाइ यात्राका लागि उडान संख्या बढाउनुपर्ने वायुसेवा संचालक संघले माग गरेको छ। पछिल्लो समय नियमित वर्षाका कारण सडक यातायात अवरुद्ध भएको भन्दै उडान संख्या बढाउनुपर्ने संघको भनाइ छ।
सरकारले असार १७ गतेदेखि पचास प्रतिशत उडान संख्यामात्र खुला गरेको थियो। सरकारले तोकेको कोटा अहिले नै भरिभराउ हुने तथा यात्रुले टिकट नै नपाउने अवस्था आएको संघले जानकारी दिएको छ।
सुरक्षित उडानका लागि एयरलाइन्सहरुले कुनै पनि कसर बाँकी नराख्ने भएकाले संख्यामा नअल्झिन संघले आग्रह गरेको छ।