दराजले सहयात्री कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ।
साना र मध्यम आकारका उद्यमहरुलाई (एसएमई) समर्थन गर्न उक्त कार्यक्रम गत वर्ष सुरु गरिएको थियो।
जसबाट चार महिनाको कमिशन शुल्क हटाई बिक्रेताहरुलाई देशभरीका सात लाख बढी ग्राहकहरुसम्म निःशुल्क पहुँच प्रदान गरेको थियो। जसबाट आठ हजार बढी एसएमईहरुलाई आफ्नो व्यवसाय दराजमा दर्ता गर्न मद्दत गरेको थियो।
कम्पनीका अनुसार यो कार्यक्रमको उद्देश्य साना र मध्यम आकारका उद्यमहरुलाई शुल्क छुट, अनलाइन प्रशिक्षण, साप्ताहिक भुक्तानी सहज बनाउनु हो।
पहिलो पटक अनलाइनमा सरेका नयाँ व्यवसायहरुले अब आउने तीन महिना दराज दशैं धमाका अभियानसम्म निःशुल्क रुपमा आफ्नो उत्पादन बेच्न सक्ने दराजले बताएको छ।