आइएमई पे र इ–कमर्स प्लेटफर्म दराजबीच सम्झौता भएको छ।
सम्झौता अनुसार सेवाग्राहीहरुले दराजबाट समान किन्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्नेछन्।
साथै साउन १ गतेदेखि एक रुपैयाँ गेम तथा साउन ३ गतेदेखि दराज महाबचत उपहार योजना सरु हुँदैछ। त्यसमा सहभागी भएर आइफोन १२ लगायत उपहार प्राप्त गर्न सकिन्छ।
सम्झौता पत्रमा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटा र दराज नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङ्गले हस्ताक्षर गरेका हुन्।
आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराज र आइएमई पेबीच भएको सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा सहयोग पुर्याउने बताए।