हिमालय एयरलाइन्सले हवाइ भाडा नबढाइएको प्रष्टिकरण दिएको छ।
काठमाडौं-दमाम रुटको उडानको भाडा बढेको भन्ने आरोप सत्य नभएको हिमालयले प्रेस विज्ञप्ति जारी गर्दै प्रष्ट पारेको छ।
हिमालयले साउदी सरकारको नियमअनुसार भाडा बाहेक क्वारेन्टिन बस्नुपर्ने र सो शुल्क पनि टिकटमै समावेस हुने भएकाले भाडा बढेको देखिएको जानकारी दिएको छ।
यातायात र ७ रात होटेल बसोबास शुल्क, (बिहानको खाजा, खान, डिनर) र दमाम आइपुग्दा गरिने २ पिसिआर परीक्षणसमेको शुल्क भाडामा समावेस हुने हिमालयले जानकारी दिएको छ।
यात्रुले तिर्ने भाडामा ६० प्रतिशत क्वारेन्टिन तथा परीक्षण शुल्कको हिस्सा हुने भाडा ४० प्रतिशतमात्र भएको हिमालयले बताएको छ।