नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रलाई कोरोना विरुद्धको खोपको प्राथमिकता राख्न आग्रह गरेको छ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्दै निजी क्षेत्रका प्रतिनिधिहरुलाई खोप लगाइदिन आग्रह गरेको छ।
भेटका क्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले थिलोथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न, सरकारको बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रङक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न जोड दिएका थिए।