‘वाइवाइ’चाउचाउले नयाँ स्वाद थपेको छ। ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाइवाइ बजारमा ल्याएको हो।
एक सय ग्राम तौलको उक्त प्याकको मूल्य ५० रुपैयाँ रहेको छ।
प्याकमा स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएको कम्पनीले जनाएको छ।
यो पनि अन्य स्वादका चाउचाउ जसरी नै पकाउन सकिन्छ।
उक्त चाउचाउ देशभरका खुद्रा पसल तथा सुपरमार्केटहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ।