दराजको महाबचत बजार अभियान सुरु भएको छ। आइतबारदेखि सुरु भएको उक्त अभियान ९ गतेसम्म चल्नेछ। यस अभियानको मुख्य उद्देश्य ग्राहकहरुका लागि बचत प्रवर्द्धन गर्नु रहेको कम्पनीको भनाइ छ।
अभियानको मुख्य हाइलाइटहरू चार हजार सम्मको छुट, बैंक कार्ड वा आईएमई पे मार्फत अनलाइन प्री-पेमेन्टमा दुई हजारसम्मको छुट छ। साथै एक रुपैयाँमा आइफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भौचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ।
यस अभियानका लागि, नबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकका कार्डवाहकहरूले प्री-पेमेन्टमा आकर्षक छुट लिन सक्ने बताइएको छ।
यी बैंकका डेबिट कार्डवाहकहरूले १५ प्रतिशत (एक हजार पाँच सयसम्म) को छुट पाउनेछन्। क्रेडिट कार्डवाहकहरूले कार्ड प्री-पेमेन्टमा २० प्रतिशत (दुई हजारसम्म) छुट पाउनेछन्।
यसैगरी, ग्राहकहरू आफ्नो आइएमइ पे खाता मार्फत प्री-पेमेन्ट गरेर मूल्य कम गर्न पनि सक्छन्। आइएमइ पे मार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरिदमा २० प्रतिशत (एक हजारसम्म) छुट पाउन सक्नेछन्।
यसबाहेक, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् ।
भिसा डेबिट कार्ड मार्फत प्री-पेमेन्ट गरेमा १५ प्रतिशत छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्व-भुक्तानीमा २० प्रतिशत छुट पाउन सक्नेछन्।
'खेल एक रुपैयाँ'मा भाग लिनेले एक लाख ३३ हजार मूल्यको आइफोन १२ जस्ता पुरस्कार जित्न सक्नेछन्।खेलमा भाग लिने ग्राहकहरुले बैंक कार्ड वा आफ्नो आइएमइ पे खाता प्रयोग गरी एक रुपैयाँ भुक्तानी गर्न सक्छन्। जित नभएमा आफ्नो रकम फिर्ता पाइने बताइएको छ।