चिनियाँ कम्पनी अर्बिटाका उत्पादन नेपाली बजारमा बिक्री सुरु भएको छ।
बार कोड नेपाल इंकले अर्बिटाको उत्पादन नेपालमा आधिकारिक रुपमा बिक्री थालेको हो।
होटलहरुमा आवश्यक पर्ने होटल लक, मिनीफ्रिजर, मिनी लकर, इनर्जी सेभिङ्ग स्विच लगायतका सामानहरुको बिक्री भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अर्बिटाका उत्पादन मेरियट, हिल्टन, हायात, र्याडिसन, वारविक लगायत होटलहरुले प्रयोग गर्न थालेका छन्।
हाल विश्वभर करिब २० हजार स्तरीय होटलमा अर्बिटाको उत्पादनहरु प्रयोग हुने गरेको उल्लेख गरिएको छ।
नेपाली बजारमा केहि बर्षदेखि अर्बिटाका सामान उपलब्ध भए पनि आधिकारिक बिक्रेता नहुँदा कम्पनीबाट पाइने वारेन्टी, मर्मत, छुट लगायतका सुविधा थिएनन्।
अब ग्राहकले कम्पनीले दिने सबै सुविधा सहजै पाउन सकिने बताइएको छ। त्यसका लागि बारकोड नेपाल र अर्बिटाबीच औपचारिक सहकार्य भइसकेको छ।