अब खल्ति डिजिटल वालेटबाट मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ। मेगा बैंक र खल्तिको स्पारो पे प्राइभेटबीच रेमीट भुक्तानी सेवाका लागि सम्झौता भएको हो।
सम्झौताअनुसार सर्वसाधारणहरुले मेगा रेमीटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्तीबाट पनि पाउनेछन्।
साथै बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमीटमार्फत् पठाएको रकम खल्तिमार्फत् पाउँछन्।
नेपालभित्र पनि खल्ति एपबाट रकम पठाउन र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ। यो व्यवस्थाले मेगा बैंकको रेमिट्यान्स सेवाको दायरालाई अभैm फराकिलो बनाउने मेगा बैंकले जनाएको छ।