नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्सबीच एयर एम्बुलेन्स सेवा सम्बन्धि सम्झौता भएको छ।
तारा एयरसमेत सञ्चालन गरिरहेको यतीसँग मेडीसिटीले एयर एम्बुलेन्स सेवा सम्झौता गरेको हो।
अस्पतालका महाप्रबन्धक विजय रिमाल र एअरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड्गामीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
अहिले हेलिकप्टरबाटमात्र प्राय बिरामीलाई अस्पतालसम्म ल्याउने गरिएकोमा अबदेखि यती तथा ताराका नियमित उडानबाट एयरलिफ्ट गरिने छ। एयरलाइन्सले यस्तो सुविधा दिने बताइएको छ।