फोन-पे पेमेन्ट सर्भिसले आफ्ना मर्चेन्टहरुलाई लक्षित गरेर ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ उपहार योजना सार्वजनिक गरेको छ।
देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले बताएको छ।
योजना साउन १३ गतेदेखि तीन महिनासम्म सञ्चालन हुनेछ।
यस योजनामा हरेक दिन क्यूआर मार्फत भुक्तानी लिने देशभरका व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँ जित्न सक्नेछन्।
योजनामा सहभागी हुनका लागि फोन-पे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ । साथै फोन-पे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्ने बताइएको छ।
फोन-पे बिजनेस एप डाउनलोड गरी आफ्नो व्यवसायको प्यान नम्बर मार्फत आफैं याे बिजनेसमा रजिष्ट्रर हुन सकिन्छ। साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिन्छ।
हरेक दिन बिहान १२ बजे देखि राति ११ः५९ बजेसम्म कारोबार गर्ने सबै व्यवसायी यस योजनामा सहभागी हुनेछन्।
विजेता लक्की ड्र मार्फत छनोट गरिने र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोन–पे बिजनेसको फेसबुक लाइभ मार्फत गरिने कम्पनीले जानकारी दिएको छ।
फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन्। त्यस्तै ४ लाख ५० हजारभन्दा बढी मर्चेन्ट छन्।