काठमाडौंमा मोक्सी होटल खुल्ने भएको छ। मोक्सी ब्रान्डको चेन होटल काठमाडौंमा संचालन गर्ने सम्बन्धि म्यारिट इन्टरनेशनल र हिमालय हस्पिटालिटीबीच एक सम्झौता सम्पन्न भएको हो।
काठमाडौंमा यसअघि नै म्यारियटका म्यारियट र फेयरफिल्ट म्यारियट होटल सञ्चालन भइरहेका छन्। मोक्सी पनि म्यारियटकै ब्रान्ड हो।
सन् २०२५ सम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्यसहित यो सम्झौता भएको हो।
इन्टनरनेशनल हिमालय हस्पिटालिटी तथा होटल प्रालीसँगको अर्को सहकार्यबाट यो क्षेत्रमा सकारात्मक प्रभाव पर्ने म्यारियट इन्टरनेशनलका एसिया प्रशान्त क्षेत्रीय उपाध्यक्ष निरज गोभिलले बताएका छन्।
एमएस ग्रुपका निर्देशक गौरभ अग्रवालले काठमाडौंमा पहिलोपटक मोक्सी होटल खुल्ने भएसँगै आफूहरुको म्यारियटसँगको साझेदारी अझै बलियो हुने विश्वास व्यक्त गरे।
एमएस ग्रुपले पाँचतारे म्यारिट काठमाडौं होटल संचालन गरिरहेको छ।
काठमाडौंको कमलादीमा निर्माण हुने होटल मोक्सीमा करिब दुई अर्ब लगानी हुने अनुमान गरिएको छ।
दुई रोपनी क्षेत्रफलमा बन्ने होटलमा १०८ कोठ हुने छन्। स्विमिङ पुलसहितका पाँचतारे होटलमा हुने सबै पूर्वाधार भए पनि यसले पाँचतारे सेग्मेन्ट भने लिने छैन।