मेरियट इन्टरनेसनलले इन्टरनेसनल हिमालय हस्पिट्यालिटी एण्ड होटल प्रालिको लगानीमा काठमाडौंमा 'मोक्सी काठमाडौं होटल' खोल्ने भएको छ।
काठमाडौंको कमलादीमा बन्ने होटल एक सय आठ कोठाको हुनेछ। होटल सन् २०२५ सम्ममा निर्माण गरिसक्ने मेरियट र इन्टरनेसनल हिमालय हस्पिटालिटीबीच भएको सम्झौतामा उल्लेख छ ।
मोक्सी होटलको ब्रान्ड नेपालमा भित्र्याउनको लागि इन्टरनेसनल हिमालय हस्पिट्यालिटीसँगको सहकार्यमा काम गर्न उत्साहित भएको मेरियट इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष निरज गोभिलले बताए।
'मोक्सी जस्तो ब्राण्ड पहिलो पटक सुरू गर्न लागेकोमा म निकै खुसी छु' इन्टरनेसनल हिमालय हस्पिट्यालिटीको मातृ कम्पनी एम एस ग्रुपपका निर्देशक गौरव अग्रवाल थप्छन्, 'मेरियटसँगको सहकार्यमा यो नेपालको तेस्रो होटल हो।'
विशेषगरी युवाहरूलाई लक्षित गरेर निर्माण गर्न लागिएकोले परम्परागत होटलभन्दा फरक र ह्यापेनिङ हुने बताइएको छ।
होटलमा बार, अल डे डाइनिङ आउटलेट, टेक अवे, रुफटप बार लगायतको सेवाहरू समावेश गरिनेछ। त्यस्तै फिटनेस सेन्टर, आउटडोर पुल पनि रहनेछन् ।