टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ र एनएमबि बैंकबीच सम्झौता भएको छ।
टाटा मोटर्सको इलेक्ट्रिक भेहिकल नेक्सन इभी खरिद गर्न चाहनेले एनएमबि बैंकको नेपाल भरीका शाखाहरु मार्फत सहुलियतपूर्ण कर्जा पाउन सक्नेछन्।
कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिदकर्ताले शून्य प्रतिशत प्रिमियमसहित बैंकको बेस रेट ब्याजदरमा एनएमबि बैंकको नेपाल भरीका शाखाहरु मार्फत कर्जा पाउन सक्नेछन्।
यस अन्तर्गत बैंकले २४ घण्टाभित्र ८० प्रतिशतसम्म फाईनान्सको सुविधा उपलब्ध गराउने जानकारी दिइएको छ।
सम्झौता पत्रमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापति र एनएमबि बैंकका तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले एक कार्यक्रमबीच हस्ताक्षर गरेका थिए।