पठाओ कार लाइट (ट्याक्सी)को दोश्रो वार्षिकोत्सवको अवसरमा सोमबार पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ।
यो अफर आज दिउँसो दुई बजेदेखि २ मिनेटसम्म मात्रै लागू हुने बताइएको छ।
सो अवधिभित्र पठाओको मोबाइल एप मार्फत ट्याक्सी बुकिङ गर्ने सबै सेवाग्राहीले निशुल्क ट्याक्सी चढ्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।
पछिल्लो समय पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ।
८ हजार कार ट्याक्सी आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५ सयले सक्रिय रुपमा सेवा प्रदान गरिरहेको बस्न्यात बताउँछन्।
मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजको समेत व्यवस्था हुने भएकाले सुरक्षित हुने बस्न्यातले जानकारी दिए।
पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सी सहज छ।