इसेवाले एसइई उतिर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षत युवा,संवृद्ध भविष्य’ योजना सार्बजनिक गरेको छ।
यस योजनाअनुसार ५ सय बढी विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृत्ति प्राप्त गर्नेछन्। आगामी भदौ १५ गतेसम्म यो योजना सञ्चालन हुने कम्पनीको भनाइ छ।
छात्रवृत्ति विद्यार्थीले छानेका कलेज अनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा पाउन सकिनेछ।
विद्यार्थीहरूले जेभियर इन्टरनेशनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास इन्टरनेशनल कलेज, बिराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेण्डरी स्कुलमा छात्रवृत्ति पाउने छन्।
इसेवा मार्फत आवेदन दिनेले मात्र छात्रवृतिको अवसर पाउनेछन्।
छात्रवृत्तिका लागि विद्यार्थीहरूले इसेवा मोबाइल एप तथा वेभ मार्फत इसेवा स्कोलरसिप अप्सनमा गइ आवेदन दिन सक्नेछन्।
यसका लागि ३० भुक्तानी गर्नुपर्नेछ। यो योजना सकिएपछि विद्यार्थीको इसेवा आइडी रहेको नम्बरमा उक्त रकम टपअप हुनेछ।
छात्रवृत्तिमा समावेश भएका विद्यार्थीले छात्रवृति दाबी गर्नका लागि आफ्नो एसइइ पास भएको कागजात पेश गर्नुपर्नेछ।