आइएमई ग्रुपद्वारा सञ्चालित आइएमइ पे र भोज डिलबीच सम्झौता भएको छ। सम्झौता अनुसार फुडी एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन्।
भोज र आइएमई डिजिटल सोलुसनबीच भएको सम्झौतापछि अब भोजबाट आइएमई पे माफर्त खरिद गर्दा ५ सय नबढ्ने गरी २० प्रतिशत क्यासब्याक सेवाग्राहीले प्राप्त गर्न सक्नेछन्।
यो अफर १३ अगस्ट २०२१ देखि १९ अगस्ट २०२१ सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ।