साओमीले आज वीरगन्जमा 'सर्भिस सेन्टर' सञ्चालनमा ल्याएको छ।
सेवा नेटवर्कलाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ।
साओमीका अन्य सेवा केन्द्रहरु काठमाडौँ, पोखरा, नेपालगन्ज, नारायणघाट, धनगढी, बुटवल र इटहरीमा रहेका छन्।
स्थापनाको पहिलो हप्ताभरी ग्राहकहरुले साओमीका वारेन्टी नभएका मोडेलहरुमा समेत निःशुल्क सेवा लिन सक्ने छन्।
यसका लागि एउटा सेवा शिविर स्थापना गर्ने कम्पनीले बताएको छ।