अनलाइन बजार दराजले यहि भदौ २ गतेदेखि दराजमल फेस्टिभल घोषणा गरेको छ।
अभियानको मुख्य हाइलाइटहरूमा एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भौचर, बैंक कार्ड मार्फत अनलाइन प्री-पेमेन्टमा १५ प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट, इमेज रिभिउ एन्ड विन, फलो एन्ड विन, बम्पर उपहारमा सावमी एम आइ ११ एक्स प्रो, नि:शुल्क डेलिभरी साथै थुप्रै पुरस्कार जित्ने मौका रहेका छन्।
दराजमल दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिंग मल हो जसमा सोनी, सामसंग,गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ३०० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु छन्।
विगतमा जस्तै ग्राहकहरुले बैंक डेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्री पेमेन्ट गर्दा थप १५ प्रतिशत छुट पाउन सक्नेछन्। पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशत सम्मको छुट पाउन सक्नेछन्।
त्यसैगरि, एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका ग्राहकहरुले सजिलो मासिक किस्ता सेवा मार्फत सपिङ गर्न पाउने छन्।