आरसी कोलाका उत्पादन बजारमा आएको छ। भेन्चुरा बोट्लर्सले आरसी कोलाका पेय पदार्थ बजारमा ल्याएको छ।
यो ६ वटा स्वादमा किन्न पाइने कम्पनीले बताएको छ। यसका आरसी कोला माइरेन, आरसी क्यु लेमन लाइम, अरेन्ज, जियर अप, जी पावर, कार्बोनेट वाटर र वाटर बजारमा उपलब्ध छन्।
यो दुई सय ५० मिली लिटर, पाँच सय मिलि लिटर, एक हजार पाँच सय मिलि लिटर र दुई हजार दुई सय मिलि लिटर गरि चार वटा प्याकमा किन्न पाइने कम्पनीले बताएको छ।
यिनीहरूको मूल्य क्रमशः ४०, ७०, एक सय ६० र दुई सय २५ रूपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार यो उत्पादनको लागि आवश्यक पर्ने कच्चापदार्थ अमेरिकाबाट आयात गरिएको हो। कम्पनीले यसको उत्पादन हेटौंडामा गर्दै आएको छ।
अमेरिकी स्तरको प्रक्रियामा स्वदेशी पानी प्रयोग गरी आरसी कोला उत्पादन गरिएको कम्पनीले बताएको छ। कम्पनीले ५० करोड लगानीमा गत बर्षदेखि नै उत्पादन सुरु गरेको हो।