खल्ती डिजिटल वालेटले खल्तीको १० प्रतिशत क्यासब्याक अफरमा सिर्जनात्मक टिकटक भिडिओ बनाई ५ हजार जित्ने सकिने टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ।
खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको हो। यस प्रतियोगिताको उत्कृष्ट ३ कलात्मक भिडिओहरुले ५-५ हजार नगद जित्न सक्नेछन्।
यस च्यालेन्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १० प्रतिशत क्यासब्याकलाई रमाइलो ढंगमा भिडिओ मार्फत् देखाउन सक्नेछन्।
खल्ती आफैंले आफ्नो टिकटक एकाउन्टमा एउटा उदाहरण भिडिओ पनि राखेको छ। जसमा पसलबाट रिचार्ज कार्ड खरिद गरी घर फर्कदा रिचार्ज कार्ड हराएको र उक्त अवस्थामा खल्ती बाट रिचार्ज गरी १० प्रतिशत क्यासब्याक पाएको सन्देश देखाइएको छ।
१७ अगस्ट देखि ३० तारिखसम्म सञ्चालन हुने यस प्रतिस्पर्धामा सहभागी हुनका लागि सहभागीले भिडिओ बनाउनुको साथै खल्तीको आधिकारिक टिकटक र इन्स्टाग्राम फलो पनि गर्नुपर्नेछ।
साथै सहभागीहरुले भिडियो सँगसँगै ह्यासट्यागहरु पनि क्याप्सनमा समावेश गर्नु पर्नेछ। ह्यासट्यागहरु खल्तीले बनाएको टिकटक भिडिओमा हेर्न सकिन्छ।
खल्तीले एनसेल, नमस्ते र स्मार्टसेलको टपअपमा सबैभन्दा बढी १० प्रतिशत क्यासब्याक अफर सञ्चालन गरिरहेको छ। यो अफर अन्तर्गत क्यासब्याक पाउन केवाईसी भेरिफाइड खल्ती आइडी कै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ।